लालूलाई पाँच वर्षको जेल सजाय


१७ असोज, काठमाडौं । राँचीको विशेष अदालतले चारा घोटालामा बिहारका पूर्व मुख्यमन्त्री लालूप्रसाद यादवलाई पाँच वर्ष जेल सजाय सुनाएको छ । साथै २५ लाख जरिवाना तिर्न आदेश दिएको छ ।
यो मुद्दामा दोषी ठहरिएका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रलाई ४ वर्ष सजाय सुनाइएको छ भने २ लाख जरिवाना तोकिएको छ । जनता दल युनाइटेडका सांसद जगदीश शर्मालाई ४ वर्ष जेल र ५ लाख भारु जरिवानाको फैसला सुनाइएको छ । अदालतको फैसलापछि लालूले भनेका छन्-’मलाई शंका थियो कि मलाई यहि सजाय हुनेछ ।’
लालूले विशेष अदालतको फैसलाविरुद्ध हाईकोर्टमा जाने बताउनु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि ३० सेप्टेम्बरमा विशेष सीबीआई अदालतले लाूलप्रसादसहितका ४४ अभियुक्तलाई दोषी ठहर गरेको थियो ।

Posted by
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Nam molestie molestie nisl, eu scelerisque turpis tempus at. Nam luctus ultrices imperdiet.

0 comments

Leave a Reply

Sample Text

Powered by Blogger.

skskill

Blog Archive

Labels