चुनावी पल्टनियाँ तयार भए, घोषणापत्रको अत्तोपत्तो भएन -


२० असोज, काठमाडौं । सयभन्दा बढी राजनीतिक दलहरुले प्रत्यक्ष र समानुपातिक दुबैतर्फका उमेदवार छानिसकेका छन् । छनोटमा परेका उम्मेद्वारहरु भोट माग्न गाउँ पस्न थालिसकेका छन् । कोही चाहिँ राजधानीमा बसेर फेसबुकबाटै भोट मागिरहेका छन् । तर, केका लागि भोट दिनुपर्ने भन्ने एजेन्डा तय गरिएको घोषणापत्रचाहिँ दलहरुले अहिलेसम्म मतदातासमक्ष ल्याउन सकेका छैनन् । निर्वाचन आयोगले मतपत्र छाप्न प्रेसमा पुर्‍याइसक्यो तर, दलको घोषणापत्र अहिलेसम्म नेताहरुको गोप्य कम्प्युटरभित्रै छ ।
साना दलमात्रै होइन, प्रमुख राजनीतिक दलहरुले पनि उम्मेद्वार घोषणा गरेर भोट माग्न थालिसक्दा समेत घोषणापत्र तयार पार्न भ्याएका छैनन् । एकीकृत नेकपा माओवादीमा घोषणापत्र तयार पार्ने जिम्मा डा. बाबुराम भट्टराईको नेतृत्वमा घोषणापत्र मस्यौदा कमिटी बनेको छ भने कांग्रेसमा रामचन्द्र पौडेलको नेतृत्वमा १५ जना नेताले घोषणापत्र लेखिरहेका छन् । त्यसैगरी एमालेमा महासचिव ईश्वर पोखरेलको नेतृत्वमा ७ जना नेताहरुले घोषणापत्र लेख्ने काम सम्पन्न गरिसकेका छन् । कतिपय दलले उम्मेद्वारको नामावलीसँगै घोषणापत्र समेत सार्वजनिक गर्ने बताए पनि हालसम्म बाहिर आएको छैन ।
दलहरुले उम्मेद्वारलाई जनतावीच भोट माग्न पाठाइसक्दा पनि घोषणापत्र नआउनुले पल्टनियाँ आइसक्दा पनि खाना-दाना तयार अवस्थामा नरहेजस्तै भएको छ । अझ एजेन्डा नै तयार नपारी चुनावमा भोट माग्न जाँदा ‘गोरु पछाडि, गाडा अगाडि भनेजस्तै भएको छ ।
के गर्दैछन् ठूला दल ?
नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रदीप ज्ञवालीले अबको एक साताभित्र पार्टीले घोषणापत्र जारी गर्ने अनलाइनखबरलाई बताउनुभयो । घोषणापत्र मस्यौदा कमिटीले घोष्णापत्र तयार पारेर स्थायी कमिटीलाई बुझाइसकेको ज्ञवालीले बताउनुभयो । एमालेाके घोाषणापत्र मस्यौदा कमिटीमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, भीम रावल, विष्णु रिमाल, विन्दा पाण्डे, सुरेन्द्र पाण्डे र रघुजी पन्तसमेत सात जना हुनुहुन्थ्यो ।
एकीकृत नेकपा माओवादीको घोषणापत्र मस्यौदा कमिटीले पनि घोषणापत्रलाई अन्तिम रुप दिइसकेको नेताहरुले बताएका छन् । बाबुराम भट्टराई नेतृत्वको मस्यौदा कमिटीले सकभर आजै नभए पनि भोलिसम्म केन्द्रीय कार्यालयलाई मस्यौदा बुझाउने एमाओवादी नेता देवेन्द्र पौडेलले अनलाइनखबरलाई बताउनुभयो । पार्टीमा छलफल भएपछि केही दिनभित्रै घोषणा पत्र जारी गरिने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसले पनि २/३ दिनभित्रै घोषणा पत्र जारी गर्ने तयारी गरेको छ । घोषणापत्र मस्यौदा कमिटीका प्रमुख रामचन्द्र पौडेल संसदीय बोर्डमा समेत रहनुभएकाले उम्मेद्वार छनोटमा व्यस्त हुँदा घोषणापत्र निर्माणमा केही ढिलाइ भएको कांग्रेस नेता नरहरी आचार्यले अनलाइनखबरलाई बताउनुभयो । ‘घोषणापत्रको काम सकिन लागेको छ, दुई/तीनदिनभित्रै काम सकिन्छ र त्यसलगत्तै जारी हुन्छ ।’ आचार्यले भन्नुभयो ।कांग्रेसका तर्फबाट पौडेलको नेतृत्वमा गठित १५ सदस्यीय मस्यौदा समितिमा नरहरि आचार्य, गगन थापा, नारायण खड्का, मानबहादुर विश्वकर्मा, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाललगायत हुनुहुन्छ ।
मधेसी दल र अन्य साना दलले पनि अहिलेसम्म घोषणापत्र जारी गरेका छैनन् । कमल थापा नेतृत्वको राप्रपा नेपालले भने उम्मेद्वारी घोषणासँगै घोषणापत्रको ‘हाइलाइट’ सार्वजनिक गरको छ । संवैधानिक राजतन्त्र सहितको बहुदलीय संसदीय प्रजातन्त्र र धार्मिक स्वतन्त्रतासहितको धर्म सापेक्षता, स्थानीय स्वयत्त शासन प्रणाली र उदार आर्थिक नीति राप्रपा नेपालका मुख्य एजेन्डा हुन् ।
- See more at: http://www.onlinekhabar.com/2013/10/125018/#sthash.5638K9Rd.dpuf

Posted by
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Nam molestie molestie nisl, eu scelerisque turpis tempus at. Nam luctus ultrices imperdiet.

0 comments

Leave a Reply

Sample Text

Powered by Blogger.

skskill

Blog Archive

Labels