यू–१९ फुटबल : नेपाल र भारत भिड्दै


२० असोज, काठमाडौं । एएफसी अण्डर–१९ च्याम्पियनसिप छनोट फुटबलमा नेपाल आज चिरप्रतिद्वन्द्वी भारतसंग भिड्दैछ ।
दोहास्थित अल अरबी रंगशालामा हुने खेलमा नेपाल जितको खोजीमा हुनेछ । अघिल्लो चरण प्रवेश गर्ने सम्भावना जीवित राख्न नेपाललाई जित्नै पर्ने दबाव छ ।
शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग २–१ ले पराजित भएको थियो भने भारतले कतारसंग २–० को हार व्यहारेको थियो । समूह ‘ए’ मा नेपाल सहित तुर्कमेनिस्तान, भारत, उज्वेकिस्तान र कतार रहेका छन् ।
१० वटा समूहका विजेता २०१४ मा म्यानमारमा हुने एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ भने उपविजेता मध्ये उत्कृष्ट ६ ले पनि स्थान बनाउने छन् ।

Posted by
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Nam molestie molestie nisl, eu scelerisque turpis tempus at. Nam luctus ultrices imperdiet.

0 comments

Leave a Reply

Sample Text

Powered by Blogger.

skskill

Blog Archive

Labels