पार्टीसँग सल्लाह गरेरै उम्मेद्वारी छोडेको हुँ : भूवन केसी (प्रेस विज्ञप्ती सहित)


नेकपा एमालेले एक दिने उम्मेदवार बनाएपछि नायक भूवन केसीको चर्चासँगै आलोचना पनि भयो । एमालेले एक दिनका लागि संविधान सभाको चुनावमा उम्मेदवार बनाएपछि भूवन केसी मौन बसे । टिकट पाए लगतै अनलाइनखबरसँग ३ करोड जनताको साथ रहेको बताएका भूवन केसी टिकट खोसिएपछि मौन बसेका थिए । उनलाई काठमाण्डौ क्षेत्र नम्बर १ बाट टिकट दिइएको थियो । भूवनले आफूलाई ३ करोड जनताले नै माया गर्ने दोहोर्‍याउदै चुनाव जित्ने कुरामा ढुक्क थिए भनेका छन् ।bhuwan-kcतर टिकट खोसिएको केही दिन पछि अनलनाइखबर मार्फत भूवनले आफूले पार्टीसँग सल्लाह गरेरै टिकट छोडेको बताएका छन् । उनले भने, ‘लामो समयदेखि पार्टीमा लागेर योगदान गरेका नेताको लागि मैले उम्मेदवारी छोड्नु जायज ठाने र फिर्ता गरे ।’ उनले आफूले टिकट पाएपछि एमाले भित्र केही असन्तुष्टि देखिएको स्विकार गर्दै पार्टीलाई भोलीको अवस्थामा गाह्रो हुने देखेर टिकट छोडेको बताएका छन् ।
‘एमालेले टिकट दिएर खोसेपछि भूवन केसी अन्य पार्टीमा जाला भन्ने हल्ला पनि चलेको छ तर म स्पष्ट पार्न चाहन्छु म कतै जान्न यही पार्टीलाई पूर्णरुपमा सहयोग गर्छु’, उनले भने । उनले नेकपा एमालेले आफूलाई पेन्डुलम नबनाएको तर्क गरेका छन् ।bhuwan-kc-bigyapti

Posted by
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Nam molestie molestie nisl, eu scelerisque turpis tempus at. Nam luctus ultrices imperdiet.

0 comments

Leave a Reply

Sample Text

Powered by Blogger.

skskill

Blog Archive

Labels