रोगी खसीको सिङमा रातो रंग ,उपत्यका भित्रने खसीको पाँच ठाउँमा स्वास्थ्य परीक्षण -


२० असोज, काठमाडौं । दसैंका लागि उपत्यका ल्याइएका खसीको भेटनेरी जनस्वास्थ्य कार्यालयले पाँच ठाउँमा स्वास्थ्य जाँच गरिरहेको छ । काठमाडौका विभिन्न पाँच ठाउँमा स्थानमा पशुस्वास्थ्य चिकित्सको टोली खटाएर स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो । भेटनेरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर र काठमाडौ महानगरपालिकाको संयुक्त टोलीले उपत्यका छिर्ने प्रमुख नाकाहरु नागढुंगा, नागारजुन, साँखु, तीनकुने र साँगामा खसी बोकाको स्वास्थ्य परिक्षण गरिरहेको भेटनेरी जनस्वास्थ्य कार्यालयका प्रमुख डा. केदारबहादुर कार्कीले बताउनुभयो । khasi-1
“काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य तथा वातावरण विभागसँगको सहकार्यमा हाम्रो कार्यालयका एकजना पशु चिकित्सक र पशुप्राविधिकको टोलीले दैनिक खसीको स्वास्थ्य जाँच गरिरहेको छ ।”, डा. कार्कीले भन्नुभयो, “जाँचका क्रममा स्वस्थ भेटिएका खसीको सिङमा हरियो रंग लगाइदिने गरिएको छ । अस्वस्थ खसीको सिङमा रातो रंग लगाएपछि अवस्था हेरेर उपचार र अन्य प्रकृयाका लागि फर्काइदिने गरेका छौं ।” खाद्य संस्थानले अहिलेसम्म लहान र नेपालगञ्ज खरिद केन्द्रबाट उपत्यका भित्र्याएका करिव २१ सय वटा र निजीक्षेत्रले भित्र्याएका करिव २० हजार वटा खसी बोकाको स्वास्थ्य परिक्षण गरिएको भेटनेरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरले जनाएको छ ।
दसैंका लागि उपत्यकामा खाद्य संस्थानले नागढुंगा नाकाबाट मात्र खसी बोका भित्र्याएको छ । निजी क्षेत्रले भने नागढुंगाका साथै नागरजुन, सांगा, साँखु र तीनकुनेबाट पनि खसी भित्र्याइरहेका छन् ।  निजीक्षेत्रबाट उपत्यकामा ल्याइने खसीको पनि पूर्ण स्वास्थ्य जाँचपछि मात्र उपभोक्तलाई बेचिने चौपाया खरिदविक्री संघका सचिव गिरीराज बस्नेतले बताउनुभयो । “हामीले अहिलेसम्म करिव २० हजार खसी बोका उपत्यका ल्याएका छौं ।”, “भारतबाट ल्याइएका खसीको भन्सारमै क्वारेन्टाइन जाँच हुन्छ । देशमै खरिद खसीको पनि विभिन्न स्थानमा तीन पटकसम्म स्वास्थ्य जाँच गरेर मात्र बेच्ने गरेका छौं ।” बस्नेतले भन्नुभयो ।
निजीक्षेत्रले थोरै संख्यामा पूर्वी क्षेत्रबाट ल्याएका खसीलाई तीनकुनेमा जम्मा गरेर स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी नुवकोटबाट आएका खसी नागारजुनमा जम्मा गरेर बालाजुमाा स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । नेपाल खाद्य संस्थानको थापाथली विक्री केन्द्रमा उपभोक्ताका लागि सहुलियतमा उपलव्ध गराइएका खसीको स्वास्थ्य जाँचको लागि काठमाडौं महानगरपालिका र भेटनेरी जनस्वास्थ्य कार्यालयसँग समन्वय गरिएको संस्थानका कायममूकायम नायव महाप्रवन्धक इन्द्र सिटौलाले बताउनुभयो ।
उपत्यकाका नाका काटेर आएका खसी निजीक्षेत्रले वागबजारको टुकुचा, विजुली बजार र कलंकीबाट विक्री गर्दै आएका छन् । खाद्य संस्थानले भने थापाथलीबाट विक्री गर्दै आएको छ । ती चारवटै विक्री केन्द्रबाट पनि उपभोक्ताले खरिद गर्नुअघि अन्तिम स्वास्थ्य जाँच गरेर हरियो रंग लगाएपछि उपभोक्तालाई दिइने व्यवस्था गरिएको छ । “अहिलेसम्म सबै ठाउँमा हामीले मरेका खसी भेटेका छैनौ यदि भेटेमा हामी भेटेकै स्थानमा गाड्ने गर्छौं ।” डा. कार्कीले भन्नुभयो, “अस्वस्थ खसीलाई यो पटक हामीले बजारसम्म जान नदिन घुम्ति अनुगमन संयन्त्र पनि परिचालन गरेका छौं । उपभोक्ताको घरमा स्वस्थ मासु पाकोस् भन्नका लागि खसीको स्वास्थ्य जाँचकार्य दशमी सम्मै जारी राख्छौं ।”
खसीलाई अन्न नखुवाउनुस्
दसैंका लागि लगिने खसीलाई अन्न नखुवाउन पशु स्वास्थ चिकित्सकले सल्लाह दिएका छन् । केही दिन अन्न नखुवाई राख्दा खसीको पेटमा रहेको लादी घट्दा धुन समस्या नहुने जनाउँदै पशु चिकित्सकले अन्नको साटो ग्लुकोज झोलसहितका पदार्थ खुवान भनेका हुन् । “व्यापारीहरुले बढी तौल देखाउन प्रशस्त अन्न खुवाएर बजारमा ल्याउँदा खसी विरामी भएको पाइएको छ । घरमा लगेर बढी अन्न खुवाउँदा खसी विरामी पर्न सक्छन् ।”, डा. कार्कीले भन्नुभयो, “केही दिन अन्न नखुवाउँदा खसीको तौल घट्दैन । अन्नको साटो ग्लुकोज झोल खुवाउँदा राम्रो हुन्छ ।”
- See more at: http://www.onlinekhabar.com/2013/10/125074/#sthash.Cc2AtbiT.dpuf

Posted by
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Nam molestie molestie nisl, eu scelerisque turpis tempus at. Nam luctus ultrices imperdiet.

0 comments

Leave a Reply

Sample Text

Powered by Blogger.

skskill

Blog Archive

Labels